धनाैजि गाउँपालिकामा लाेसपाका युवा नेता मिश्र वडा अध्यक्षमा उम्मेदवारी घोषणा

मधेशपाटी अनलाइन     २०७८ चैत्र ३०, बुधबार १२:५० बजे मा प्रकासित


शम्भु पण्डित,जनकपुरधाम । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकप्रिय एवम् प्रभावशाली विद्यार्थी नेता लाेसपाबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा दिएका छन् ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका राेशन मिश्र मंगलबार धनाैजि गाउँपालिकाको वडा नम्बर २ को अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा दिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवारी घोषणा दिए लगत्तै युवाहरू राजनीतिमा उदाउनु भन्ने भनाईले सार्थकता पाउने भएको छ । राजनीतिक बाहेक सामाजिक संस्थामा आवद्ध भई समाज सेवा गर्दै आएका छन् । अब वडा अध्यक्ष भएर जनाताको सेवा गर्ने तिव्र ईच्छा आकांक्षा र आत्मविश्वास रहेको मिश्र बताए ।

एक जना युवा भन्छन् सहयोगी भावना रहेको,दुर दृष्टि भएको, एक कुशल नेतृत्वकर्ताको रुपमा मिश्र रहेका छन् ।

मैले अवसर पाए भने वडाको मुहार नै फेरि दिनेछु! त्यसका लागि अहिले देखि नै रणनीतिक योजना बनाउन थाली सकेको छु । युवाहरु विदेश जाने मात्रै होईन अब देश विकासको कार्यमा पनि अगाडि बढ्न आजको आवश्यकता रहेको घिमिरे बताउछन् ।

नाराका साथ एक मात्र धनौजी गाउपालिका वडा -२ को बिकल्प हाम्रो युवाको सान ,रोशन मिश्र आउदो स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा उम्मेदवारी दिने निर्णय युवा नेता रोशन मिश्र
स्वास्थ ,शिक्षा ,सिचाइ र रोजगारी बनाउने हाम्रो जिम्मेवारी हो भोट हाम्रो भबिस्य हो ,सोछ बिचार गरि प्रतिनिधि छनौट गरो ।बताए

एउटा कुशल नेतृत्वकर्ताले जिम्मेवारी पायो भने मात्र उसले विकास गर्दछ । अहिलेको अवस्था हेरी तपाईहरुले आफैंले पनि छुट्याउन सक्नु हुन्छ कि कस्तो नेतृत्वले जिम्मा पायो भनेर अब कस्तो नेतृत्वलाई जिम्मा दिने भनेर विचार पुर्याउनु होला ! त्यो तपाईको हातमा रहेको छ आफ्नोलाई होईन राम्रो र कुशल नेतृत्वकर्तालाई जिम्मेवारी दिन सम्पुर्ण वडावासीलाई मिश्र आग्रह गरेका छन् ।

प्रतिक्रिया





Top