एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, सूर्य चिन्हबाट प्रतिस्पर्धा गर्ने

न्यूज डेस्क     २०७८ चैत्र ३०, बुधबार १४:५० बजे मा प्रकासित


काठमाडौँ। नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन हुने भएको छ। सत्तारुढ पाँच दलले चुनावी गठबन्धन गर्ने भएपछि एमाले र राप्रपा नेपालले पनि चुनावी गठबन्धन गर्ने भएका हुन्।

 

गठबन्धनको लागि एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमति भएको छ। जसअनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ। त्यस्तै, दुवै पार्टीका उम्मेदवारले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया





Top