सिरहामा टयाक्टर दुर्घटनापछि चालकको मृत्यु ,परिवारजन शोकमा

मधेशपाटी अनलाइन     २०७८ चैत्र ३०, बुधबार १५:११ बजे मा प्रकासित


सिरहा। हिजो राति करिब ८:बजेको समयमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वार्ड नं ६ बडहारा मिर्चैयामा एक टयाक्टर दुर्घटना हुदा चालकको मृत्युले परिवारजन शोकमा डुबेका छन ।

टयाक्टरमा माटो लिएर आउदै गरेको क्रममा
बडहारा मिर्चैया घर भएको झोली दासको छोरा अन्दाजी १८ वर्षीय संजिप दासको दुर्घटनामा परी मृत्यु भएको छ।

टयाक्टरकाे अगाडीको टाउकोले किचिएको अवस्थामा थियो । तत्काल प्रहरीले निकालेर अस्पताल पठाउने क्रममा बाटोमय उनको मृत्यु भएको संजय दासले बताए ।

टयाक्टर चालक नै उनि थियो । टयाक्टर अन टेस्ट थियो नम्बर प्लेट चाहिँ थिएन टयाक्टर मालिक चाहि घनी साह प्रहरीको नियन्त्रणमा छ ।मृतकको पोस्टमार्टमको लागि सिरहा अस्पतालमा पठाएको छ ।ईलाका प्रहरी मिर्चैयाको ईलाका प्रमुख डिएसपी हरि बहादुर ओलीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको छ डिएसपीले बताए ।

प्रतिक्रिया





Top