धनुषामा दुर्घटनापछि चालक फरार, एकजना घटनास्थलमै मृत्युु, ट्याक्टरमा स्थानीयले तोडफोड

न्यूज डेस्क     २०७९ बैशाख १, बिहीबार २२:३४ बजे मा प्रकासित


जनकपुरधाम। धनुषा जिल्लाको बटेश्वरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट एक किशोरको मृत्युु भएको छ । मृत्यु हुनेमा हुनेमा चित्रपुर गाउका रहेको हाे

धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने मंगल महतोको छोरा १५ वर्षीय विवेक कुमार महतो छन् ।

बिहीबार राति बटेश्वर गाउँपालिका २ कार्तिककुमर बजारमा उनलाई दुग्ध संस्थान ढल्केबरको को १ घ ५३ नम्बरको नम्बरको ट्यांकरले उनी सवार ज ५ प १३८२ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको हो ।

ठक्करबाट उनको घटनास्थलमै मृत्युु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि चालक फरार भएका छन् । शव उठाउन प्रहरीले मुचुल्का गरिरहेका छन् ।

मृतक विवेक चित्रपुरको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए ।

दुर्घटनापछि आक्रोशित स्तानीयकाे भीडले ठक्कर दिने ट्याक्टरमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया





Top