एमाले र लोसपाबीच मधेस प्रदेशमा गठबन्धन हुन सक्ने सम्भावना

न्यूज डेस्क     २०७९ बैशाख २, शुक्रबार ०७:१३ बजे मा प्रकासित


जनकपुरधाम । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोसपासँग मधेस प्रदेशले गठबन्धनको लागि आन्तरिक संवाद भइरहेको बताएको छ ।

आन्तरिक छलफलका क्रममा लोसपासँग गठबन्धनको सम्भावना बढेको मधेस प्रदेश नेकपा एमालेले जनाएको छ ।

सकेसम्म सत्तारुढ गठबन्धन दलसँग एक्लै लड्ने, यदि गठबन्धन गर्नुपरेमा लोसपासँग गर्न सक्ने मधेस प्रदेशकी नेतृ तथा प्रदेशसभा सदस्य शारदादेवी थापाले बताइन् ।

सोमबार बर्दिबासमा बसेको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै शपथग्रहणसमेत गराएको छ । पालिकाको काम बाँडफाँडका लागि निर्वाचन समिति तय गरेको बैठकमा सहभागी एकजना नेताले जानकारी दिए ।

प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनीत गरेको छ भने निर्वाचनसम्बन्धी कार्ययोजना बनाएर निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

लोसपासँग गठबन्धन हुन नसके नेकपा एमाले सत्तारुढ दलसँग एक्लै लड्ने नेकपा नेतृ थापाको भनाइ छ ।

नेकपा एमालेबाट टुक्रिएर नेकपा एस बनेपछि नेकपा एमाले पनि मधेस प्रदेशमा कमजोर देखिएको छ । माधव नेपालको नेतृत्वमा नेकपा एस बनेपछि ७ वटै प्रदेशमा नेकपा एमाले सरकारबाटसमेत बाहिरिएको थियो ।

मधेस प्रदेशमा नेकपा एमाले अल्पमतमा परेपछि माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी समेत बन्यो ।

धेरैजसो जनप्रतिनिधि नै नेकपा एसको पक्षमा सनाखत गरेपछि गठबन्धनको मोडालिटीमा एमालेले जितेका पालिका आफ्नो भागमा हुनुपर्ने माधव पक्षधरले दाबी गर्दै आएको छ ।

गठबन्धन गर्नैपर्ने शीर्ष नेताहरूमा छलफल भएपछि सत्ताघटक ५ दल भने गठबन्धनको मोडालिटी बनाउनमा नै व्यस्त छन् ।

सोमबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सत्तारुढ दलहरूले ३ र ४ वैशाखलाई ४–४ जिल्लाको छुट्टाछुट्टै बैठक बस्ने निर्णय गरेको छ ।

एकातिर निर्धारित समयमा उम्मेदवार टुंग्याउनुपर्ने र अर्कोतिर गठबन्धनभित्र उठेका विवादलाई मथ्थर बनाउन गठबन्धन दलहरूलाई निकै कसरत गर्नुपरेको छ ।

यता, गठबन्धनइतर दल पनि चुनावी तालमेलको खोजीमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपासँग तालमेलको प्रयासमा छ भने सत्तारुढ दल जसपा भने गठबन्धनभित्रै आश्रय खोजिरहेको देखिन्छ ।

माधव नेपाल पक्षधर भागबण्डामा स्पष्ट बटमलाइनमा अडिग रहेको छ । नेकपा एमालेलाई पनि सत्ताघटक दलको चुनावी तालमेलले निकै भारी पर्ने देखिएको छ ।

त्यसैले पनि नेकपा एमाले मधेस प्रदेशले लोसपासँग गठबन्धनको साझेदारी खोजिरहेको छ । लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहको अनुसार जरुरत भएको ठाउँमा विचार मिल्ने दलसँग गठबन्धन हुन सक्ने बताउँछ्न् ।

प्रतिक्रिया





Top