आज टाउकोमा पानी थप थप जुडशितल मनाउँदै ,मधेश प्रदेशमा आज सार्वजनिक विदा

न्यूज डेस्क     २०७९ बैशाख २, शुक्रबार ०९:३० बजे मा प्रकासित


जनकपुरधाम । तराई मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व भ्वयका साथ मनाईंदैछ ।

नयाँ वर्षको भोलिपल्ट अर्थात् आज बिहानै देखि बाबुआमा, गुरु, मान्यजन एवं जेष्ठ नागरिकले आफूभन्दा सानालाई टाउकोमा पानी छर्केर आशिर्वाद दिएर जुडशितल पर्व मनाइदैछ ।

यस्तै आजका दिन खेतबारीमा मलजल दिने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । आजका दिन हिलोपानी पनि खेल्ने प्रचलन छ । हिलोपानी खेल्ने परम्परा लोप हुँदै गएको छ ।

पर्वमा एक दिन अघि पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आज घर घरमा मिष्ठान परिकार बनाएर खाने परम्परा रहि आएको छ ।

जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले आजपनि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया





Top