जसपा,र माओवादीका हज्जारौ नेता कयौँ वडा अध्यक्ष सदस्यसहित एमालेमा प्रवेश

न्यूज डेस्क     २०७९ बैशाख ३, शनिबार २२:०७ बजे मा प्रकासित


जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशल किशोर यादवपनि अन्ततः नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँ सहित कयौँ वडा अध्यक्ष, सदस्यहरु समेत एमालेमा प्रवेश गर्नुभयो ।

सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

उक्त समारोहमा जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुका हज्जारौ नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्ष ओली सर्लाही पुग्नुभएको थियो ।

एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेका अनुसार ‘झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्नुभएको छ ।

सर्लाही सदरमुकाम मंलगवामा आयोजना भएको आमसभालाई ओलीलगायतका एमालेका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडा अध्यक्ष दीपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसवाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्याशी राम विश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौँ नेताहरू एमाले प्रवेश गर्नुभएको छ । हेरौँ तस्विरमा / तस्विर : दिनेश भण्डारी

प्रतिक्रिया





Top