सशस्त्र प्रहरीद्वारा सेतो धातुसहित एक भारतीय नागरिक पक्राउ

न्यूज डेस्क     २०७९ बैशाख ४, आईतवार ०९:५९ बजे मा प्रकासित


रौतहट। रौतहटको पचरौता नगरपालिकाबाट सशस्त्र प्रहरीले चाँदी जस्तो देखिने सेतो धातुसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका पचरौता नगरपालिका वडा नम्बरर ६ पकडियास्थित सीमा इलाकाबाट बिओपी बेनौलीको टोलीले १ लाख ४० हजार मूल्य बराबरको धातुसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

बिआर ५एबी १९६६ नम्बरको मोटरसाइकल र १२ सय ग्राम धातुसहित भारत मोतिहारीको झनझडवा ग्राम पञ्चायत निवासी २८ वर्षीय शैलेस साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बरामद धातुको १ लाख ४० हजार र मोटरसाइकलको १ लाख गरी २ लाख ४० हजार मूल्यांकन गरिएको छ ।

प्रतिक्रिया





Top