राप्रपा नेपालका अध्यक्षको घरमा तो-डफोड

न्यूज डेस्क     २०७९ बैशाख ४, आईतवार १०:१७ बजे मा प्रकासित


 

राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तो डफोड भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तो डफोड भएको राप्रपा नेपालले जनाएको छ। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आ क्रमण भएको बताए।

उनले आ क्रमणको घोर भर्त्सना र निन्दा गरेका छन्। साथै अध्यक्ष खरालको घरमा आ क्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानूनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन्। उनले राजनीतिक प्रतिशोधका कारण आ क्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन्। अध्यक्ष खरालको घरका सीसा फुटेका छन्।

थप समाचार : प्रदेश १ मा सत्ता गठबन्धनसँग राप्रपाको तालमेल, ओलीको गृहनगरमा राप्रपालाई सघाउने तयारी
४ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग तालमेल गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो ।

प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो ।

ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धनका एक नेताले बताए । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको अनलाइनखबरसँग बताए । ‘गठबन्धन गर्दा अनिवार्य हुन्छ, आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ,’ उनले भने, ‘छलफल जारी छ ।’

स्रोतका अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ । राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताए । राप्रपाले अध्यक्ष राम थापालाई नै मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । गठबन्धनको तर्फबाट दमकमा माओवादीले उपमेयर पाउने सम्भावना छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त रोमनाथ ओली १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो ।

एमालेलाई पराजित गर्ने रणनीति अनुसार राप्रपासँग झापामा मात्रै तालमेल गर्ने सहमति भएको गठबन्धनका नेताहरू बताउँछन् । काङ्ग्रेस प्रदेश १ सभापति उद्धव थापाले आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको बताए । ‘राप्रपासँग गठबन्धन भएको होइन, तालमेल हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो तालमेल आवश्यकताका आधारमा हुन्छ ।’ दमकमा राप्रपाले दाबी गरेको बताउँदै उनले दमक राप्रपाले पाए अरुमा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने बताए ।

 

 

प्रतिक्रिया





Top