सरकारी जागीर प्रअबाट राजीनामा दिएर वडाध्यक्षमा उम्मेद्वारी दिने

न्यूज डेस्क     २०७९ बैशाख ५, सोमबार ०७:४२ बजे मा प्रकासित


 

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ ।

आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका उत्तम राईले वडाध्यक्षमा उठ्ने घोषणा गरेका छन् । राई विद्योद्वय आधारभुत विद्यालयका प्रअ हुन् । राईले प्रअबाट राजीनामा दिएर जनता समाजवादी पार्टीकातर्फबाट वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

जिल्लामा सत्तारुढ दलले गठबन्धन गरेर चुनावमा जाने तयारी गरिरहेका बेला वडामा जनता समाजवादीले वडाध्यक्ष पाउने अवस्था आएपछि राईले उम्मेदवार बन्ने तयारी थालेका हुन् ।

राईले केही दिन भित्र प्रअबाट राजीनामा दिने र वडाध्यक्षको उम्मेदवार बन्ने निश्चित गरिएको जनता समाजवादीका नेता रबिन खम्बूले बताए । वडाध्यक्षमा उठ्ने तयारी गरेका राई पूर्वश्रोतव्यक्ति पनि हुन् ।

 

प्रतिक्रिया





Top