मोटरसाइकल चोरी गरेको आरोपमा एक युवक पक्राउ

मधेशपाटी अनलाइन     २०७९ बैशाख ५, सोमबार ०८:१२ बजे मा प्रकासित



धनुषा।

मोटरसाइकल चोरी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कर्यालय धनुषाका अनुसार मोटरसाइकल चोरीको आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–१०का २१ वर्षीय भुने मुखियालाई पक्राउ गरिएको छ । गत चैत ११ गते राती हंशपुर नगरपालिका–८ रामनगराका दशैया मुखियाको छोरा शम्भु मुखियाको घरबाट चोरी भएको थियो । शम्भु मुखियाको नाममा दर्ता रहेको प्रदेश नं.२–००२–२४३३ नं.को सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । जिप्रका धनुषाबाट खटेको प्रहरी टोली तथा ई.प्र.का. तारापट्टी धनुषाको स्थानीय प्रहरीको सहयोगमा मुखियालाई पक्राउ गरिएको छ । मुखियालाई मोटरसाइकल खोजतलास गर्ने क्रममा २०७९ बैशाख ३ गते चेकजाँचको क्रममा मुखिया पक्राउ परेको जनाइएको छ । मिथिला बिहारी नगरपालिका–.६ सिरसियामा चेक जाँचको क्रममा मुखिया पक्राउ परेका हुन् । जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतका अनुसार चोरी भएको मोटरसाइकल चलाई जनकपुरतर्फ आउँदै गरेको अवस्थमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा ब्लुबुक फेला नपरेपछि मुखियालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया





Top