माओवादी केन्द्र दाङका जिल्ला इञ्चार्ज गाैतमद्वारा राजीनामा

न्यूज डेस्क     २०७९ बैशाख ५, सोमबार १४:०२ बजे मा प्रकासित


 

नेकपा माओवादी केन्द्र दाङका जिल्ला इञ्चार्ज जीवन गाैतमले पार्टीको साधारण सदस्यता नरहने गरी पदबाट राजीनामा दिनुभएको छ।

२०७४ मा भएको पालिकाकाे चुनावमा घोराहीमा माओवादीबाट मेयरमा प्रतिस्पर्धा गर्नुभएका गौतमले आज पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएकाे घोषणा गर्नु भएकाे हाे।

पार्टीभित्र गैर कम्युनिस्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि आफूले राजीनामा दिनु परेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया





Top