सीता नगरी भनेर चिनिने जनकपुरधाममा महिला मेयरको उम्मेदवार

न्यूज डेस्क     २०७९ बैशाख ८, बिहीबार ०८:२४ बजे मा प्रकासित


जनकपुरधाम । नेपालमा मेयरमा मात्र पुरुष बाहुल्य उमेदवार सुनिरहेका परिपेकक्षमा महिला पात्र लाई सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । समान रूपमा राजनीतिक सहभागिताको कुरा उठिरहेको परिपेक्क्षमा महिला सहभागिता धेरै कमै देखिन्छन् ।

केन्द्रीय सचिव युवानेत्री अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । साह पार्टीकी केन्द्रीय सचिव हुन् ।सीता नगरीमा मौजुद भ्रष्टाचारी रावणराज अन्त्य गर्न महिलालाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । उनले सचिवालयको पेजमार्फत् भ्रष्टाचारी रावणराज, ठेकेदार राजको अन्त्य गर्न तथा ढिलासुस्ती र फोहोरको व्यवस्थापन गर्नका लागि महिला मेयरलाई जिताउन अपिल गरेका छन् ।

जनकपुरधामलाई आदर्श नगरी बनाउने भन्दै अध्यक्ष डा. राउतले जनमत पार्टीलाई एक पटक मौका दिए चमत्कार गरेर देखाउने उल्लेख गरेका छन् ।

प्रतिक्रिया





Top