सप्तरी जिल्ला अदालतद्वारा इन्स्पेक्टर पासवान सम्मानित

न्यूज डेस्क     २०७९ बैशाख ८, बिहीबार ०८:३४ बजे मा प्रकासित


सप्तरी । सप्तरी जिल्ला अदालतले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दुई जना इन्स्पेक्टर ( प्रहरी निरिक्षक) लाई सम्मान गरेका छन् । कैद र जरिवानाको लगत असूल फछर्यौट (फैसला कार्यान्वयन) मा देश भरीमै उल्लेखनीय कार्य सम्पादन गरेको भन्दै जिल्ला अदालत सप्तरी (राजबिराज ) ले ईलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी निरीक्षक विरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहलाई कदर-पत्र सहित सम्मान गरेका छन् ।

सप्तरी जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश चन्दमणी ज्ञावाली र श्रेस्तेदार कुमार मास्केद्वारा हस्ताक्षरित कदर-पत्रमा भनिएको छ, “विभिन्न अदालत र न्यायाधीशहरुको फैसला बमोजिम ठहर भएको कैद र जरिवाना असुल फछर्यौट (फैसला कार्यान्वयन ) का क्रम्मा देखाउनु भएको सक्रियता एवम् योगदानको उच्च मुल्यांकन गर्दै अदालत परिवारको तर्फबाट कदर-पत्र प्रदान गरिएको छ ।”

फैसमा कार्यान्वयनको क्रम्मा ०७७/७८ मा १ हजार १ सय ४४ जना फरार प्रतिवादी पक्राउ गरि देशमै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अदालतले प्रहरी निरीक्षकद्वय पासवान र साहलाई कदर-पत्र सहित सम्मान गरेको हो । उक्त अवधीमा ईलाका प्रहरी कार्यालयले मात्र ४ सय ५९ जना प्रतिवादीलाई पक्राउ गरि अदालतमा बुझाएको प्रहरी निरिक्षक पासवानले बताए ।

झन्डै १९ महिना कडरबोना बसाईको क्रममा मातहतमा रहेको चुनौतिको सामना गर्दै यस क्षेत्रको जनतालाई पुर्ण रुपमा शान्ति सुरक्षा प्रदान गरेको निरीक्षक पासवानले विश्वास व्यक्त गरे । उक्त अवधिमा प्रहरी मोस्टवान्टेड सुचिमा रहेका सिरियल किलर सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय कुख्यात अपराधी गुल्जार मियाँ लगायतका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको समेत प्रहरी निरीक्षक पासवानले बताए ।

नियमित सरुवा अन्तर्गत निरिक्षक पासवानको सरुवा रौतहट जिल्लामा भएको छ ।

प्रतिक्रिया





Top