जनकपुरधाम । हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा जनकपुरधाममा बुधबार एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन ।
युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले बताएका छन ।








प्रतिक्रिया