काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले ६ ओटै महानगरपालिका र ११ ओटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाममा छलफल गरेको छ ।
एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले सातओटै प्रदेश कमिटीले सिफारिश गरेको नामहरु आजको बैठकमा प्रस्तुत गर्नुभएको छ । बैठकमा नामबारे थप छलफल एवं जित्न सक्ने ब्यक्तिबारे बुझ्ने भन्दै शनिवार बस्ने बैठकबाट महानगर र उपमहानगरका प्रमुख–उपप्रमुखको निर्णय गर्ने निश्कर्ष निकालेको छ । गुरुङका अनुसार ललितपुर, भरतपुर र बीरगञ्ज महानगरमा एक जनाको मात्रै नाम सिफारिश भएको छ । अन्यमा भने थुप्रैको नाम आएको छ ।
आजको बैठकले शुक्रवार सार्वजनिक हुने चुनावी घोषणापत्र र पार्टी कार्यालय स्थापनाको बिषयमा निर्णय गरेको छ । ‘पार्टी स्थापना दिवसको कार्यक्रमबारे निर्णय भयो । जसअनुसार पार्टी केन्द्रीय कार्यालय उदघाटन गर्ने, त्यसपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने र कम्युनिष्ट योद्धालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । बैठकले गण्डकी प्रदेशको हकमा सरकार बनाउन सक्ने आधार रहेको भन्दै कुनै पनि प्रदेश सांसदलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।








प्रतिक्रिया