जनकपुर धाम।
मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गर्न लागेको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्न लागिएको जानकारी दिएका हुन् ।
मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गर्ने बताए ।
उनले यस प्रदेशका नागरिकले सबै अधिकार प्राप्तिका लागि पहिले प्रदेश सरकार अधिकारसम्पन्न हुनुपर्ने भन्दै मन्त्रालयको नाम फेर्ने र अधिकार सुनिश्चित गर्ने बताए ।
उनले मन्त्रालयको नाम फेर्ने तयारी रहे पनि स्थानीय तह निर्वाचनको आचारसंहिताले तत्काल नाम फेर्ने काम रोकिएको बताए ।








प्रतिक्रिया