जनकपुरधाम । सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको भङ्गहा नगरपालिकाका ज्येष्ठ नागरिकहरू धर्नामा बसेका छन् ।
करिव ४/५ महिनादेखि वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले सीतापुर बजारमा नाराबाजी गर्दै धर्नामा बसेका हुन् ।
सामाजिक सुरक्षा भत्ता अपचलनको प्रमुख जिम्मेवार नगरप्रमुख संजीवकुमार साह रहेको भङ्गहा नगरपालिका- वडा नम्बर ९ भीमगढका सूर्यमान विश्वकर्माले आरोप लगाए ।
उनले नगरप्रमुख साहले आफूहरूको सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुनै चासोसमेत नदेखाएको आरोप लगाए ।
तीन/चार किस्तादेखि आफूहरूले भत्ता पाउन नसकेको उनको दुखेसो छ । यसमा नगरप्रमुख र बैंकका म्यानेजर दोषी रहेको विश्वकर्माले आरोप लगाए । भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकको अडान छ ।
यसअघि बुधबार मात्रै नगरप्रमुख संजीवकुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए ।
उनले बैंकलाई पटक-पटक भत्ता बाँड्न आग्रह गरे पनि कुनै सुनुवाइ नगर्दा आफूले ताला लगाएको बताए ।
स्थानीय वृद्धिका भनाइ चुनाव नजिक आइसकेका छन मेयरले यस अघि कुनै चासाे लिएका थिएन स्थानीय तहका चुनाव नजिकदा धमाधम मेयर संजीवकुमार साहले चासाे देखाएकाे हाे । तर पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता वितरणका गरेका छैनन् ।








प्रतिक्रिया