मधेश प्रदेश भरिमा डीएसपीमध्ये उत्कृष्टमा रामकुमार यादव, डीआइजीद्वारा सम्मानित

न्यूज डेस्क     २०७९ बैशाख ९, शुक्रबार १४:२२ बजे मा प्रकासित


जनकपुरधाम । उच्च व्यावसायिक कार्य कुशलताका साथ निर्दिष्ट उत्तरदायित्व निर्वाह गरेकाले प्रहरी नायब उपरीक्षक रामकुमार यादवलाई मधेस प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ ।

नगद पुरस्कारसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको राष्ट्रिय किताबखानामा अभिलेख राखिने गरी प्रहरी नायब उपरीक्षक यादवलाई पुरस्कृत गरिएको हो । यादवलाई १ हजार ३ सय रुपयाँ नगद पुरस्कार दिइएको छ ।

प्रहरी संगठनभित्र अभिलेखमा राखिने गरी नगद पुरस्कार दिइनुलाई ठूलो पेसागत उपलब्धि र सम्मान मानिन्छ ।
यादवसँगै अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, शान्ति सुव्यवस्था कायम तथा चोरीतस्करी नियन्त्रणलगायत कार्यसम्पादनको कदरस्वरूप अन्य प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत भएकामध्ये यादव एक्लो एिसपी हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका यादव अहिले सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयमा कार्यरत छन् ।

प्रहरी कर्मचारीलाई सकारात्मक प्रभाव पार्ने तथा भविष्यमा उत्प्रेरणा दिने भनेर प्रहरी नियमावलीअनुसार प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘पुरस्कृत यादव उत्साही, प्रतिभाशाली र इमान्दार प्रहरी अधिकारी मानिन्छन्,’ एक प्रहरी अधिकारीले भने, ‘अपराधको सुक्ष्म तथा त्वरित अनुसन्धान, शान्तिसुरक्षाको भरपर्दो एवम् विश्वसनीय व्यवस्थापन, चोरीतस्करी निरुत्साहनमा अग्रसरताका कारण उनलाई अभिलेखमा जनिनेगरी पुरस्कार दिइएको हो ।’

प्रतिक्रिया





Top