शम्भु पण्डित ,जनकपुरधाम । बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा धनुषाको सबैला नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा ९ जनाको नाम सिफारिस भएको छ । जसमध्ये हरिकिशाेर यादवकाे मेयर पदका टिकट लागि आफु दाबी रहेको बताए ।
हरिकिशाेर यादव लगायत अन्य ८ जना नाम सिफारिस भएको जनाएको छ भने उपमेयर पदका लागि ईन्दुकुमारी गुप्ताकाे नाम सिफारिस गरिएको छ ।
केहि दिन अघि बसेको सबैलामा एमाले नगर कमिटीको बैठकले ९ जनाको नाम मेयर पदका उम्मेदवारको लागि सिफारिस गरेको थियो ।
सिफारिस भएका मध्ये युवा नेता यादवले टिकट पाउने सम्भावना प्रवल रहेको जनाइएको छ । अहिले पनि लामो समयदेखि आफूले मेयरको टिकट पाउनुपर्ने दाबी गर्दै आएका थियो ।








प्रतिक्रिया