कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू

न्यूज डेस्क     २०७९ बैशाख ११, आईतवार ०७:२५ बजे मा प्रकासित


काठमाडौं । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।

दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।

प्रतिक्रिया





Top