जनमत पार्टीबाट जनकपुरधामको मेयरमा अनिता साहको उम्मेदवारी दर्ता

न्यूज डेस्क     २०७९ बैशाख ११, आईतवार २३:२५ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ।

जनमत पार्टीबाट प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी छन्।पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएसँगै उनले उम्मेदवारी दर्ता गराएकी छन् ।

जनमत पार्टीबाट  यसपटक पहिलो पल्ट स्थानीय निर्वाचनमा सहभागी भएको हो।

प्रतिक्रिया





Top