धनुषामा कार दुर्घटना हुदा एक जनाको मृत्यु, ३ जना घाइते

न्यूज डेस्क     २०७९ बैशाख १२, सोमबार ०७:३७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ । महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई माटोको डिस्कोमा ठोकिएको थियो ।

प्रतिक्रिया





Top