गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछ : नेता निधि

न्यूज डेस्क     २०७९ बैशाख १८, आईतवार १५:०८ बजे मा प्रकासित


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताए । नेता निधिले भने, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने छ ।”

 पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले रु एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो उनले भनेका छन् ।

प्रतिक्रिया





Top