राहुल गान्धी नेपालमा

न्यूज डेस्क     २०७९ बैशाख १९, सोमबार २२:३९ बजे मा प्रकासित


जनकपुरधाम । कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् । उनी अपरान्ह निजी भ्रमणका सिलसिलामा काठमाडौं आएका हुन् ।
गान्धी होटल मेरियटमा बसेको बुझिएको छ । उनी ५ दिन नेपाल बसेर हिमाली क्षेत्रको पदयात्रामा निस्कने बुझिएको छ ।

२०७५ सालमा पनि राहुल गान्धी नेपाल आएका थिए । उनी नेपालको बाटो हुँदै मानसरोवर गएर फर्किएका थिए ।

राहुल गान्धी कांग्रेस आईको नेतृत्वमा समेत पुगेका थिए । चुनावी पराजयपछि उनले पदबाट राजीनामा दिएका थिए । गान्धी अहिले पनि लोकसभा सांसद छन् ।

प्रतिक्रिया





Top