मुस्लिम आयोगका अध्यक्ष अन्सारीले मतादातालाई पैसा बाड्दै गर्दा पक्राउ

न्यूज डेस्क     २०७९ बैशाख २९, बिहीबार १२:४१ बजे मा प्रकासित


धनुषा।
निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा मतादातालाई पैसा बाँडेको आरोपमा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

उनलाई बिहीबार बिहान जनकपुरधामका उपमहानगरपालिका–७ स्थित सीतासरण होटलबाट नियन्त्रणमा लिइएको हो ।

यता, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले मियाँको साथबाट पैसा बरामद नभएको र प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेकोले उनलाई सुरक्षित साथ एयरपोर्ट पुर्याइएको जानकारी दिए ।

उनले पैसा भेटेको कुरा गलत रहेको र त्यस्तो केही नभएको दाबी गरे । एसपी रजौरेले भने, ‘यो एकदम गलत समाचार हो, उहाँ भ्रमणको क्रममा होटल सीताशरणमा बस्नु भएको थियो, उहाँलाई बिना कारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएका हौं ।’

२०७५ को चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए । उनीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र किर्ते गरेको उजुरी परेको थियो । जसलाई संसदीय समितिले टुंगोमा पुर्याउन नसक्दा उनको नियुक्ति स्वतः सदर भएको थियो ।

 

प्रतिक्रिया





Top