वर्षाका कारण मतदान रोकियो

न्यूज डेस्क     २०७९ बैशाख ३०, शुक्रबार १५:०७ बजे मा प्रकासित


जनकपुर।

पूर्वी नेपालका १३ मतदान केन्द्रमा वर्षाका कारण मतदान रोकिएको छ ।

अन्य तीन ठाउँमा भने विवादका कारण मतदान रोकिएको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।

त्यस्तै मधेस प्रदेशको केहि जिल्लाहरुमा भीषण हावापानीको कारण मतदान रोकिएको जानकारी प्राप्त भएको छ।

धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया





Top