मतपेटिका बोकेको गाडी दूर्घटना हुँदा ३ जना घाइते

न्यूज डेस्क     २०७९ बैशाख ३०, शुक्रबार २२:१३ बजे मा प्रकासित


 

जनकपुर।

मतपेटिका बोकेको गाडी दूर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दूर्घटनामा परेको हो ।

ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दूर्घटना भएको हो । गाडीमा सवार म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया





Top