धनुषाको धनौजी गाउँपालिकाको निर्वाचन अधिकृत कार्यालयको अवस्था तनावग्रस्त बनेको छ। स्थानीय अवस्था तनावग्रस्त नियन्त्रण गर्नलाई प्रहरीले ८ राउण्ड हवाई फाइरिङ्ग गरेको छ।
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा धनुषाको धनौजी गाउँपालिका १ मा भएको निर्वाचनमा मत गणना गर्दा ४५ वडा मतपत्रको हेर फेर भएको भन्दै अहिले निर्वाचन अधिकृतको विरुद्ध नारा लगाउदै अवस्था तनावग्रस्त बनेको हो । कांग्रेस पार्टीको जनप्रतिनिधि बाहेकको पार्टीका जनप्रतिनिधि र स्थानीयले फेरी मतगणना गर्न नारा लगाउदै निर्वाचन अधिकृत कार्यालयको अवस्था तनावग्रस्त बनाईएको छ।
अवस्था तनावग्रस्त भएको कारण अहिले मत गणना स्थगित भएको हो।
स्थानीयको अनुसार निर्वाचन अधिकृत र कांग्रेसको मिलोमतोमा धंधिली भएको आरोप लगाइएको छ।








प्रतिक्रिया