सबैला नगरपालिकाको वार्ड नं.९ बाट माओवादी केन्द्रबाट मनिष राय बिजयी

न्यूज डेस्क     २०७९ जेष्ठ ५, बिहीबार १२:०४ बजे मा प्रकासित


 

 

 

धनुषा।

धनुषाको सबैला नगरपालिका वार्ड नं. ९ मा
माओवादी केन्द्रबाट वडा अध्यक्ष विजयी भएको छ।

मतगणना अनुसार, सबैला नगरपालिका- ९ मा माओवादी केन्द्रका उम्मेदवार मनिष कुमार राय निर्वाचित भएको छ।

अध्यक्ष राय ७२६ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाए।

उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी(एमाले) का किशोरी कापर उम्मेदवारले ६९७ मत प्राप्त गरि प्राजित भएको छ। त्यस्तै, सदस्यमा एमालेका उम्मेदवार मदन यादवले ६४० मत र माओवादी केन्द्रबाट ६३९ मत ल्याएर निर्वाचित भएका छन्।

त्यस्तै, मेयरमा अहिलेसम्म कारीराम यादव माओवादी केन्द्रबाट २८५० मत ल्याएका छन भने दोस्रोमा राजकिशोर यादव एमालेबाट २३७५, लोसपा बाट राम चन्द्र प्रसाद जसवालले २२७३ मत अहिलेसम्म ल्याएका छन्। त्यस्तै, नेपाली कांग्रेसबाट जगत सुन्दर साहले २१३७ र जनमतबाट बिपि साहले १२३६ मत ल्याएका छन।

त्यस्तै, उप-मेयरमा माओवादी केन्द्र बाट रहिमा खातुनले ३१२३ मत, एमालेबाट किरण कुमारी कापरले २५५५ मत, लोसपा बाट नितु यादव पासमान १७१३ मत, स्याम नारायण यादव जसपा बाट १६२१ मत र जनमतबाट बबिता देवी यादवले ११४८ मत अहिलेसम्म ल्याएको रहेको छ।

त्यस्तै, नगरपालिकामा मतगणना जारी नै छन्। अहिले वार्ड नं. १० को गिन्ती भइरहेको निर्वाचन अधिकृत बासुदेव पाण्डेले जानकारी गराए। पालिकामा जम्मा १३ वार्ड सम्म रहेको छ।
अहिलेसम्म वार्ड नं.१,२,३,४,५,६,७,८ र ९ को पूरा भएर १०,११,१२ र १३ को बाकी छन।

 

प्रतिक्रिया





Top