रुख ढल्दा तीन जनाको मृत्यु

न्यूज डेस्क     २०७९ जेष्ठ ७, शनिबार ०६:४९ बजे मा प्रकासित


 

जनकपुरधाम।

रुख ढल्दा चितवनमा तीन जनाको मृत्यु भएको छ । भरतपुर नगरपालिकामा ११ को भोजाडमा अटो गाडीमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्तकको पहिचान खुलेको छैन । विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो । हावाहुरीले नारायणी पुलमाथि एउटा ट्रक र केही बिजुलीका पोल समेत ढलेका छन् ।

 

प्रतिक्रिया





Top