कर्जन्हाका पूर्व मेयर पासवानद्वारा भोट नदिएको भन्दै महिलामाथि कुटपीट ,घाइते अस्पतालमा 

न्यूज डेस्क     २०७९ जेष्ठ ८, आईतवार ०५:४१ बजे मा प्रकासित


सिरहा । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्जन्हा नपा ६ को दलित महिला सदस्य निर्वाचित मिना पासमान सहितमाथि पूर्वमेयर तथा नेकपा माओवादी केन्द्रका नेता गंगा पासवान सहितले कुटपीट गरेको आरोप लगाएको छ। उनीहरुले पूर्व मेयरले आफ्नो पार्टीमा भोट नदिएको भन्दै कुटपीट गरेको आरोप लगाएको हो।

गएराती पुर्ब मेयर पासवान, हरि पासमान, श्री पासमान, राम भरोस पासमान, रामपुकार पासवान सहितआएका समूहले सस्थानीय दलित महिला सदस्य मिना पासमान १३ वर्षिय रुसमि पासमान १६ वर्षिय रचना पासमान, ३६ वर्षिय निभा पासमान २६ वर्षिय ककुल मुखिया लगाएतमाथि कुटपीट गरको आरोप लगाएको छ।

घाइतेहरुको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भईरहेको छ । त्यसमध्य रुसमि पासमान शक्त घाईते भएकी छिन्।

यस सम्वन्धमा पूर्वमेयर पासवानसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
प्रहरीले घटनाबारे मौखिक जानकारी आएको भन्दै घटनाबारे आवश्यक अनुन्धान भईरहेको जनाएको छ।

७४ मा मेयर वनेका पासवान यो पटकको निर्वाचनमा नेकपा एमालेका भोला प्रसाद पोखरेलसँग पराजित भएको छ।

 

प्रतिक्रिया





Top