प्राजयमा पनि खुसी मनाउँदै: बिपि साह

न्यूज डेस्क     २०७९ जेष्ठ ८, आईतवार ०९:४० बजे मा प्रकासित


 

सबैला(धनुषा)।

धनुषाको सबैला नगरपालिकामा जनमत पार्टीबाट मेयरका लागी उम्मेदवारी दिएका बिपि साहले १९८९ मत ल्याएर पाचौं स्थानमा परेका छन्। त्यस्तै, उप-मेयर पदका लागी बबिता देवि यादवले १६७८ मत ल्याएका छन्। नगरपालिकामा १३ वार्ड छन् तर कुनै वार्ड हाथ पार्न सकिन्न।

बिपि साहको पोस्टबाट

हाम्रो जनमत पार्टी (जपा) र मेरो लागि पनि यो आम चुनाव पहिलो थियो। जनमत पार्टी वा मैले हार्ने कुनै सिट नै थिएन, १ मत भए पनि हामी जित्ने नै हौं। र, उम्मेदवारी दिएको हरेक पालिकामा हामीले जित्यौं। हामीले कुनै सिट गुमाएनौं। भूमिका मात्र फरक पयौं।

धनुषाको सबैला नगरपालिकामा हामी चुनावी मैदानमा कुद्यो। अपेक्षाभन्दा बढी जनमत पायौं। कुल सदर मत १९,६,९६ को १० प्रतिशतभन्दा बढी मत अर्थात १९८९ मत पायौं।

पाँच दलीय गठबन्धनका अघोषित उम्मेदवारले २१ प्रतिशत मत ल्याएर प्रक्रियागत विजयी हुनु भयो। विजयी सबै उम्मेदवारहरुलाई बधाई एवं शुभकामना ।

पहिलो प्रयास मै हामीले १० प्रतिशतभन्दा बढी मत ल्याउनु ठूलो उपलब्धी हो। आउँदो चुनावमा हाम्रा एक जना मतदाताले अर्को एक जना मतदाता मात्र थप्ने हो भने हामी प्रक्रियागत चुनाव सहजै जित्ने छौं।

जितेका उम्मेदवार वा गठबन्धनभन्दा आधा मत हामी एक्लैसँग भएकोले हामी शसक्त प्रतिपक्षीको भूमिकामा उभिनु पर्छ। जसका लागि हामी तयार छौं।

डा.सीके राउत, जनमत पार्टी र हामीमाथि विश्वास गर्ने सम्पूर्ण आम जनता, मतदाता, समर्थक, नेता कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मीलगायत प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभाव तथा मेरा टीमका सम्पूर्ण सदस्यप्रति हार्दिक आभार ।

केही महिना मै प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचन आउँदैछ। उक्त निर्वाचनमा होमिनका लागि तयार रहन सम्पूर्ण नेता कार्यकर्ताहरुमा अनुरोध गर्दैछु।(केही दिनमै कार्यक्रम तालिका सार्वजनिक हुनेछ)

तबसम्म हाम्रो विजयीको खुशियाली मनाऔं। प्रतिपक्षीको भूमिका निर्वाह गरौं। अर्को चुनावको तयारीमा जुटौं।

प्रतिक्रिया





Top