सबैला(धनुषा)।
धनुषाको सबैला नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ ।
निर्वाचन अधिकृत वनसुदेव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सबैला नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो ।
निर्वाचन अधिकृत पाण्डेले नगरप्रमुख कारी राम , नगरउपप्रमुख रहिमा खातुन सहित ६७ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित नगरप्रमुख कारी रामले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताए ।
त्यस्तै उपप्रमुख खातुनले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने प्रतिबद्धता गरिन् । समारोहमा सहभागी प्रमुख प्रशासकीय सन्तोष शर्माले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिएका थिए । उनले भौतिक विकाससँगै सामाजिक विकास लगायत नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जोड दिइन् ।
सबैला नगरपालिकामा जम्मा १३ वडा छन् ।








प्रतिक्रिया