सबैलामा इमर्जेन्सी सेवा सञ्चालन्मा ल्याउदै ,कृषि मिटरको बिल नगरपालिकाले बेहोर्ने : नगरप्रमुख यादव

न्यूज डेस्क     २०७९ जेष्ठ १२, बिहीबार २१:४४ बजे मा प्रकासित


शम्भु पण्डित ,धनुषा । नगरभरिका खेतीयोग्य कृषि मिटर जडान गरेको कृषकहरुले कृषि उपजको लागि खपत गरेको विज्लीको विल मेयर यादवले सबैला नगरपालिका व्यहोनें उद्घोष गरेका छन।

बिहीबार नगरपालिका कार्यकालको लागि पदभार ग्रहण गर्दै मेयर यादवले अबयस पालिकाका किसानलाई कृषि मिटर लगायतका गुनासो गर्ने मौका कदापी नदिईने प्रतिवद्धता जनाएका छन्।

वडा कार्यालय र स्वास्थ्य चौकीहरुलाई नागरिकमैत्री बनाई अनुकुल सेवा प्रदान गर्नुको साथै नगरमा सुगर र प्रेसरका बिरामीहरुलाई नि:शुल्क औषधि बितरण गरिने नगरप्रमुख यादवले प्रतिवद्धता दिएका हुन्।

धनुषा जिल्ला सबैला नगरपालिकामा नेकपा माओवादी केन्द्र नवनिर्वाचित मेयर श्री कारी राम यादवले आज बिहीबार आफ्नो पदभार ग्रहण गर्दै  किसानको पक्षमा जनहित निर्णय कृषि मिटरको विधुत नि:शुल्क सबैला नगरपालिका बाट नै बेहोर्ने बताएका छन ।

समाजिक सुरक्षा भत्ता तुरुन्त निकाशा गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा तुरुन्त विषय विशेषज्ञको व्यवस्था गरेर आकस्मिक सेवा सुचारु गर्ने साथै हाल सबैला नगरपालिकाको शाखा कार्यालय जनकपुरधामको बजरंग चौक नजिक संचालनमा रहेका कार्यालय सातदिने भित्र हटाईने मेयर यादवले जानकारी गराएका छन ।

प्रतिक्रिया





Top