नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरूको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै ओलीले सो आरोप लगाउनुभएको हो ।
यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रति जनताको आस्थामा समेत चोट पुर्याएको ओलीको भनाइ छ। ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘जनताको बलिदानीपूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ ।’
जसका कारण मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको ओलीको भनाइ छ। गत आम निर्वाचनबाट बनेको नेकपा ९एमाले०को सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उहाँको दाबी छ।








प्रतिक्रिया