कर्जन्हा नगरपालिकाको गौतारीमा बिजुली मिटर निशुल्क जडान गर्ने :अध्यक्ष शम्भु कुमार ब्यार

न्यूज डेस्क     २०७९ जेष्ठ १७, मंगलवार १६:३० बजे मा प्रकासित


सिरहा । जिल्लाको कर्जन्हा नगरपालिका वार्ड नं ८ गौतारीमा आयोजित पदाधिकारीहरुको पद स्थापना तथा सेवा निवृत्त जनप्रतिनिधिहरुको बिदाई समारोह कार्यक्रम आज सोमबार सु- सम्पन्न भएको छ।

नवनिर्वाचित वार्ड अध्यक्ष शम्भु कुमार ब्यारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा कर्जन्हा नगरपालिकारको नवनिर्वाचित नगर उप प्रमुख लक्ष्मी कुमारी श्रेष्ठ ,विशिष्ट अतिथिमा कर्जन्हा नगरपालिकाको कार्यपालिकाको सदस्य सुरेखा देवी पासमान,अतिथिहरुमा जनता समाजबादी पार्टी (जसपा)का केन्द्रिय सदस्य चन्द्रेश्वर पासमन, नगरका प्रत्याशित नगर प्रमुखमा अध्यक्ष तथा जिल्ला सदस्य केशव प्रसाद साह,एमालेका वार्डका प्रत्याशी बंशलाल कुमर,स्वतन्त्रका वार्डका प्रत्याशी दिलिप नायक , कर्जन्हा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार , जेन्सी शाखाका प्रमुख गोबिन पासमान, गौतारीका वार्ड सचीव नवल यादव ,निर्वाचित सदस्यहरु,निवृत्त पदाधिकारीहरु,शिक्षकशिक्षिकाहरु,कर्मचारीहरु,बुद्धिजीवीहरु ,स्थानीयहरु लगायत पत्रकारहरुको कर्जन्हा नगरपालिका वार्ड नं ८ गौतारीमा आयोजित नवनिर्वाचित पदाधिकारीहरुको पद स्थापना तथा सेवा निवृत्त जनप्रतिनिधिहरुको बिदाई समारोह कार्यक्रममा उपस्थिति रहेको थिए ।

सो,कार्यक्रममा उपस्थित हुनुभएका सबैलाई माला , अभिर लगाएर एक मिनेट सहिद प्रति मौन धारण गर्दै कार्यक्रमलाई शुभकामना मन्तव्य क्रममा हाम्रो देशमा स्वास्थ , कृषि र शिक्षाको बारेमा जोडजाड कुराहरू आइरहेको छ।शिक्षाको उन्नति ,प्रगति र स्तर गरेरको देख्छु त्यो दिन कि मेरो छोरा नाम लेखाउन चाहोस ,तर निजी बिद्यालयम नाम लेखाउँन जाँदा अभिभावक जान्छन् ,समय समयमा के कस्तो पढाइ हुन्छन् भने बुझ्ने गर्छन् ।तर सरकारी बिद्यालयमा त्यसो प्रवृति छैन नगर प्रमुखका प्रत्याशी दिलिप नायकले भन्छन् ।

स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धात्मक गर्नु स्वभाविक कुरा हो तर निर्वाचित भईसके पछि त्यो पार्टीको भन्दा जनताको जनप्रतिनिधि छु ठान्नु पर्छ उहीँ दृश्यले सबैसङ्ग मिलेर बिकास गर्न , गराउन वातावरण मिलाई दिनुपर्ने सबैलाई जसपाका केन्द्रिय सदस्य चन्द्रेश्वर पासमान र जिल्ला सदस्य तथा प्रत्याशी नगर प्रमुख केशव प्रसाद साहले गौतारीका वार्ड कार्यालयलाई नमुना कार्यालय बनाउन पनि प्रशासकीय अधिकृतलाई आग्रह गरेका छन ।

कार्यक्रमको प्रमुख अतिथि कर्जन्हा नगरपालिकाको नवनिर्वाचित उप मेयर लक्ष्मी कुमारी श्रेष्ठले कर्जन्हा नगरपालिकाका एघारौं वार्डाका जनताहरुले जुन माया ,ममता र स्नेहले भोट दिएर जुन अहिले उपमेयर पदमा दिलाएको छ त्यो वहाँहरुको बिश्वास कहिले नटोटियोस।

जनताको इच्छा अनुसार कार्य होस,
जनतालाई खुशी बनाएर राम्रो जनप्रतिनिधि
बन्नुस। म पनि गौतारीको लागि नयाँ नै छु तर कहि बाट सुन्छु कि मेयर पनि बन्दिपुरबाट,उपप्रमुख पनि बन्दिपुरबाट म एघारौं वार्डका उपमेयर रहेको छु म सबैलाई एक रुप हेरी आफ्नो काम कर्तव्य गर्नेछु ।के समस्या छ ,के गर्नु पर्ने लगायत कुराहरू जनताले पनि भनिदिए भने हामीलाई कार्य,समस्या पहिचान गर्न सहज हुनेछ नगर उप प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले बताइन् ।

नवनिर्वाचित वार्ड अध्यक्ष शम्भु कुमार ब्यारले कर्जन्हा नगरपालिका वार्ड नं ८ गौतारीमा रहेका अति बिपन्न गरिब , दलितहरुको घर , आवासमा वार्ड कार्यालय बाट बिजुली मिटर निशुल्क जडान गर्न ,गराउन प्रबन्ध मिलाउन तत्काल आवश्यक कार्ययोजना निर्माण गरी प्रक्रिया पढाउन हुन निर्णयसँगै नव निर्वाचित जनप्रतिनिधिहरुको सहकार्यमा विगतमा दलित ,गरिब परिवारले एक सिफारिस बापत २००० हजार रुपैया तिरेको वहाँहरुको लागी निम्ति त्यो सिफारिसको लागि कार्यपालिकाले १०० रुपैया गरेको छ। त्यसैले जनताहरुलाई ५ वर्षसम्म अन्यौलमा नपर्नु ,चिन्तामुक्त रहनु वार्डमा बजेट आए पछि वार्ड अध्यक्ष ,सदस्यहरु र पार्टीका कार्याकर्ताहरुले काखपाखा गर्ने छुट्याउने हो भने त्यो नसोच्नु होला ।

म कार्यालयको टेबुलमा हात राखेर म जनताको नोकर छु पार्टीभन्दा बढी बिकास गर्न ,जनतालाई मन जित्न र पदको मर्यादित, पदको ग्रहण विचार गर्दै म समाजको घर घर ,दुख सुखमा ,नस नस र बुन्द बुन्दमा काधम काध मिलाएर सँगै जाने प्रतिबद्धता दिलाउदै कार्यक्रमलाई अध्यक्ष ब्यारले समापन गरेका छन ।

प्रतिक्रिया





Top