चार किलो चाँदीका गहनासहित एक भारतीय पक्राउ

मधेशपाटी अनलाइन     २०७९ जेष्ठ १८, बुधबार १०:३४ बजे मा प्रकासित


 

चार किलो चाँदीका गहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरीलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट पक्राउ गरेकाे हाे ।

सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरेकाे जानकारी दिनुभयाे ।

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य ४ लाख ३८ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ । चौधरीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

 

प्रतिक्रिया





Top