आयल निगमले फेरी रातारात बढायो पेट्रोलियम पदार्थ इन्धनको मूल्य

न्यूज डेस्क     २०७९ जेष्ठ २७, शुक्रबार ००:०२ बजे मा प्रकासित


जनकपुरधाम । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ । एलपी ग्यास तथअ हवाई इन्धनको मूल्य भने बढेको छैन ।

प्रतिक्रिया





Top