नरेन्द्र महताे,महोत्तरी । महाेत्तरीकाे सम्सी गाउँपालिकामा एक १८ बर्षिया नवालिकलाई पटक पटक याैन शाेषण गरेकाे रहस्य खुलेकाे छ। यौन शोषण पछी गर्भ बस्दा गर्भपतन गराइएको छ।
घटना सम्सी गाउँपालिकावडा न. २ बस्ने वर्ष १८ की नाम परिवर्तन( शिला खातुन)लाई एक वर्ष देखि बिभिन्न प्रलाेभनमा पारी पटक पटक गाउँकै ७४ वर्षिय ललु शेषले याैन शाेषण गरेकाे पिडितले बताईन् । गरीविकाे कारण आमा बाबुले अरुको खेतमा काम गर्न गएकाे समयकाे माैका छाेपी आरोपीले याैण शाेषण गर्दै आई रहेकाे थियाे। कसैलाई भने पछि मार्ने धम्कि दिएकाे कारण कसैलाई जानकारी गराउन नसकाे पिडितले बताईन् ।समय वितिदै गयाे यता आएर पेटमा सात महीनाकाे गर्भ रहेकाे जानकारी भए पछि शेषले नै २४ हजार दिई सम्सी टेंगर जाने बाटाे भन्दा दक्षिण रहेकाे निजि अस्पतालमा गर्भपतन गराएईको कुरा पिडितले बताएको छ। गर्भपतन गराए पछि निकै कमजाेर भएकाे कारण वाेल्न सकिरहेकाे छैन। साईकल हाेईन सुरक्षा देउ मधेश सरकार सँग माँग पिडित वालिकाले माँग गरेकी छिन।
उता आफ्नाे आर्थिक अवस्था निकै कमजाेर भएकाे कारण अर्काकाे खेतमा काम गर्ने जानेकाे माैका छाेपि शेखले आफ्नाे घरमा आउने जाने गरेकाे हिजाे अस्ती जानकारी भएकाे पिडितकाे वुवा शेख जाविरले भने ,जानकारी क्रममा ७ महीनाकाे पेटमा वच्चा रहेकाे थाहा पाए पछि गर्भपतन गराउन उनले नै २४ हजार दिई सम्सीकै निजि अस्पतालमा गर्भपतन गराएकाे उनले भने ।
घटनाकाे जानकारी प्राप्त भए पछि वडा न. २ का वडा अध्यक्ष शेष अन्जारेलाई जानकारी दिए त्यस पछि उनलाई प्रहरी वाेलाएर सम्सी चाैकिले नियन्त्रणमा लिए तर केही घण्टा मै उनलाई छाडिएकाे पिडितका बुवा जाविरले बताए ।
घटनाकाे दुई तीन दिन पछि निवेदन लिएर सम्सी चाैकीमा पुगे पछि निवेदन दर्ता गर्न प्रहरीले नमाने पछि जिल्ला प्रहरी कार्यालय महाेत्तरीमा आफ्नाे छाेरी न्याय पाउन् र दाेषिलाई कानुन अनुसारकाे कर्वाई हाेस भने मुदा दर्ता गराएकाे जाविरले भने।
यता मिडियाक्रमिले वडा अध्यक्षकाे कार्यालयमा गए पनि कार्यालयकाे कामले बाहिर गएकाे थिए भेट हुन सकेन् तर फाेन बाट पटक पटक सम्पर्क गर्न खाेज्दा एक चाेटि उठायाे जब म मिडियाक्रमि वाेलेकाे छु परिचय दिए पछि पटक पटक सम्पर्क गर्दा खाेज्दा वडा अध्यक्ष शेष अन्जारेले फाेन उठाउनु भएन।
त्यस पछि सम्सी प्रहरी सेन्टरमा गए पछि वडा अध्यक्षले याैन शाेषण गरेकाे व्यक्ति हाे भने मलाई जानकारी दिएन साधारण झगडा हाे भनेर भने पछि उहाँकै रोहवरमा छाडिएकाे सम्सी प्रहरी चाैकीका प्रमुख नारायण दहालले बताए । तर दाेषी फरार रहेकाे लाई खाेजविन जारि रहेकाे छ । यता निवेदन दर्ता भई सकेकाेले दाेषिलाई खाेजविन भईरहेकाे छ, भारतमा लुकिछिपि भए पनि पत्ता लागेमा पक्राउ गरि नियम कानुन अनुसार कर्वाई हुने एसपी कृष्ण प्रसाद पंगेनीले बताए ।








प्रतिक्रिया