नवनिर्वाचित मेयर तथा पुर्व प्र.अ कुशवाहालाई आफु कार्यरत विधालयले गरे भव्य सम्मान

न्यूज डेस्क     २०७९ जेष्ठ ३१, मंगलवार ११:०५ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही।।बलरा नगरपालिका नव निर्वाचित मेयर तथा पुर्व प्रधानाध्यापक रामाशंकर कुशवाहा लाई गोडैता नगरपालिकाका आफु कार्यरत रामजानकी आधारभुत विधालयले एक कार्यक्रमका बिच भव्य सम्मान गरेको छ ।

गोडैता नपा-६, बग्दह स्थित रामजानकी आधारभुत विधालयले एक कार्यक्रमको आयोजना गरि त्यस विधालयका प्रधानाध्यापकबाट राजिनामा दिई बलरा नगरपालिकाकाे नगर प्रमुखमा जननिर्वाचित हुनुभएका जुझारु युवा नेता रामाशंकर प्रसाद कुशवाहालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर कुशवाहाले बलरा नगरपालिकाको शिक्षा क्षेत्रलाई आफनै कार्यकालमै नयाँ उचाईमा पुर्याउने र आम नागरिकलाई महसुस हुने गरि विकास गरिने बताए । सर्लाही जिल्ला लगायत समग्र मधेसकै शिक्षा प्रणाली दिनप्रतिदिन धराशायी बन्दै गएको छ । आफु शिक्षा पेसाबाट राजनीतिकमा प्रवेश गरेका कारण शिक्षा क्षेत्रका विकृति, समस्या र चुनौतीबाट राम्रो सित परिचित रहेका कारण बलरा नगरपालिका शिक्षा क्षेत्रलाई जिल्लामै उत्कृष्ट बनाउन कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे । नगरभित्रमा प्रत्येक विधालयमा भौतिक पुर्वाधार निर्माण, शिक्षक व्यवस्थापन, सिसिटिभी र स्मार्ट बोर्ड जडान गरि डिजिटल प्रविधिबाट पठनपाठनको लागि गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।

कार्यक्रममा कुशवाहाले राजिनामा दिई रिक्त रहेका पदमा सरूवा भई आउनु भएका शिक्षक श्याम किशोर सिंहलाई स्वागत गरेको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई लाई अविर, माला र मधेश प्रदेशको गम्छा ओढाएर सम्मान गरेको विधालय प्रशासनले जनाएको छ ।

विधालयका निमित्त प्रधानाध्यापक देवनारायण प्रसादको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा निमित्त इकाइ प्रमुख सुनिल कुशवाहा, सरूवा भई हाजिर हुनुभएका शिक्षक श्यामकिशोर सिंह, वडाध्यक्षद्वय सचिन्द्र महतो र दिनेश कुशवाहा, पूर्ण विव्यस अध्यक्ष शंकर महतो, आरआरपिकेका अध्यक्ष गायत्री देवी, शिवजी प्रसाद साह, समाजसेवी रामबाबु दास, शिवि तथा सइका फनिन्द्र साह र अनिल साह लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

 

प्रतिक्रिया





Top