जनकपुरधाम । धनुषाकाे सबैलामा ११ हजार भोल्टको तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।बिरेन्द्रबजार यदुकुहा महिनाथ्पुर हुलाकी सडक अन्तर्गत भठिहन चौकमा आज दिउँसो सो दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सबैला नगरपालिकावडा नम्बर ९ घर भएका ४६ वर्षका ज्ञानेन्द्र ठाकुर बरही रहेकाे छ ।
११ हजार भोल्टको बिद्युत जोइन्ट भएर आएको डिसको तार घरमाथी फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
ठाकुरलाई तुरुन्तै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियोे । चिकित्सकले उनलाई मृत घोषणा गरेका छन ।








प्रतिक्रिया