राधेश्याम कुशवाहा,सर्लाही ।।सर्लाहीको बलरा नगरपालिकामा नेपाल शिक्षक महासंघ, बलरा नगर कमिटीको आयोजनामा वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बलरा नगरपालिकाका नवनिर्वाचित मेयर रामाशंकर कुशवाहाले विभिन्न शैक्षिक योजनाहरु समेत सार्वजनिक गरेको हो ।
विधालय स्तर उन्नति शिर्षकमा बजेट विनियोजन गरि मेयरको आफ्नै नेतुत्वमा उच्च स्तरीय समितिले प्रत्येक विधालयको अनुगमन गरि माग र आवश्यकताको आधारमा भौतिक पुर्वाधार विस्तार, शैक्षिक गुणस्तर वृद्धि, विधार्थी संख्याको आधारमा शिक्षक व्यवस्थापन, अडियो/विडियो कक्षाकोठाको व्यवस्थापन लगायतको शैक्षिक योजना अघि सारे ।
त्यस्तै, प्रत्येक महिना कम्तिमा एउटा विधालयको विधार्थीहरुसंग विधार्थी र शिक्षकसंग छुट्टाछुट्टै अन्तरक्रिया गर्ने र सो अन्तरक्रियामा उठेका विषयवस्तु नगरस्तरीय प्रधानाध्यापक बैठकबाट समाधान गरिने, परीक्षा प्रणाली नगरस्तरमा मर्यादित, व्यवस्थित बनाउने योजना रहेको र आवश्यकताको आधारमा नगरले लगानी गर्नुको साथै नगरलाई शैक्षिक हब बनाउने समेत बताए ।
आजको यस वृहत शैक्षिक अन्तरक्रियामा बलरा नगरपालिकाको नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले नगरको शिक्षा सुधारका लागि प्रस्तुत गर्नु भएको शैक्षिक योजना प्रशंसनीय र उदाहरणीय छ । यस वृहत शैक्षिक अन्तरक्रियाले शैक्षिक सुधारमा कोसेढुंगा सावित हुने विश्वास कार्यक्रममा सहभागीहरुको रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मणीभूषण सिंह र निमित्त इकाइ प्रमुख सुनिल कुशवाहालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
रामसखी मोहित सिंह जनता माध्यमिक विधालय, बलरा नपा-४, सर्लाहीका प्रअ वीरेन्द्र मिश्रको अध्यक्षता, नवनिर्वाचित नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा निमित्त इकाइ प्रमुख सुनिल कुशवाहा, समाजसेवी रामबाबु दास, वडाध्यक्षद्वय मणीभूषण सिंह र दिनेश कुशवाहा, नेपाल शिक्षक महासंघ, जिल्ला कार्य समिति, सर्लाहीका सचिव जय प्रकाश सिंह, नेपाल शिक्षक महासंघ, बलरा नगरपालिकाे अध्यक्ष रामविनोद सिंह, अखिल नेपाल शिक्षक संगठन (क्रान्तिकारी), बलरा नगरपालिकाका अध्यक्ष शैलेन्द्र कुमार यादव, शि.वि तथा स.इ.का फनिन्द्र साह र अनिल साह विधालयका प्रधानाध्यापक, शिक्षक, विधार्थीहरु लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।








प्रतिक्रिया