Janakpur: मेयर यादवले चढने सरकारी गाडी बिहेको जन्तीमा

न्यूज डेस्क     २०७९ असार १, बुधबार १३:२३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नव निर्वाचित मेयर सुखदेव यादवले सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ ।

विदाको दिन र कार्यालय समय बाहेक सरकारी गाडी प्रयोग नगर्न भनिएपनि क्षीरेश्वरनाथ नगरपालिकाका नव निर्वाचित मेयर सुखदेव यादवले सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ ।

मेयर यादवले चढने सरकारी गाडी एक बिहेको जन्तीमा लिएर गएको पाईएको छ । उनको सरकारी गाडी महोत्तरी जिल्लाको एक गाउँमा जन्तीमा पाईएको हो ।

जानकारी अनुसार, मेयर यादवले एक जनाको बिहेमा आफैँ पनि उपस्थित भएर सरकारी गाडी लिएर गएको थियो ।

कार्यालय समय बाहेक र विदाको दिन सरकारी गाडी चलाउँदा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान रहेकोमा मेयर यादवले सो नगरीकनै सरकारी गाडीमा जन्ती बोकेर गएका थिए ।

मेयर यादवले चढने बा २ झ ४३७५ नम्बरको सरकारी गाडी राती २ बजे एक जन्तीमा देखिएको थियो ।

प्रतिक्रिया





Top