धनुषाका प्रहरीहरु TikTok मा नाच्दै, कर्मचारीहरु नै टिकटकमा तल्लिन

मधेशपाटी अनलाइन     २०७९ असार १, बुधबार १३:२७ बजे मा प्रकासित



जनकपुरधाम ।

टिकटक प्लेटफर्म यतिबेला चौतर्फी गन्दी मच्चाएको छ । समाजलाई फोहोर बनाउन डिजिटल प्लेटफर्म अहिले टिकटक भएको छ ।

सोही क्रममा कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी भन्दा प्रहरी जवानहरु समेत टिकटकमा समय दिने गरेको देखिएको छ । नेपाल प्रहरीको प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई टिकटक प्रयोग नगर्न उर्दी जारी गरेपनि धनुषाका प्रहरीहरु टिकटकमा व्यस्त देखिएका छ ।

देशमा मर्यादित सँगठन रहेको सुरक्षा निकाय नेपाल प्रहरीको बर्दी लगाएरै जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका प्रहरी जवानहरुले विभिन्न समयमा टिकटकमा झुण्डिएको देखिन्छन् ।

टिकटकमा बढदो अपराधलाई नियन्त्रण गर्ने निकायको रुपमा रहेको नेपाल प्रहरीकै कर्मचारीहरु टिकटकमा तल्लिन रहेको बेला कारवाही हुन सकेको छैनन् ।

अश्लिल शब्दहरु प्रयोग गरिएको उच्छृँगल गीतमा भिडियो बनाएर नेपाल प्रहरीका कर्मचारीहरु टिकटकमा व्यस्त देखिएका छन् । केही दिनअघि भडरियाका हबल्दारको टिकटक भिडियो समाजिक सँजालमा आएपछि माफी मागेका थिए ।

सोही क्रममा ईलाका प्रहरी कार्यालय औरहीको मातहत पर्ने प्रहरी चौकी तिनकोरियाका घुमुवा सँजीव सिँह टिकटकमा भोजपुरी अश्लिल गीतमा, मैथिली अश्लिल गीतमा टिकटक बनाएर पोष्ट गरेका छन् ।

यसअघि प्रहरी चौकी ईटहर्वाका घुमुवा रहँदै आएका सँजीव सिँह अहिले प्रहरी चौकी तिनकोरियाका घुमुवा हुन् । उनी ड्युटी भन्दा पनि टिकटक बनाउन व्यस्त हुँदा तस्करले सीमाबाट समान पार गर्न सहज भएको छ ।

टिकटक नै बनाउन विभिन्न स्थानमा जाने, ड्युटीको समयमा विभिन्न लोकेशनमा गएर टिकटक बनाउन व्यस्त देखिने सँजीव सिँहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अझै कारवाही गर्न सकेका छैनन् ।

यस्तै, जानकी प्रहरी चौकी जनकपुरका प्रहरी कर्मचारी सुजित प्रसाद साहले हातमा रक्सीकै बोतल राखेर टिकटक भिडियो सार्वजनिक गरेका छन् । मदिरा सेवन नियन्त्रण गर्न प्रहरीको भूमिका अहम हुनुपर्नेमा उनले हातमा मदिराको बोतल राखेर टिकटक बनाउँदा असुहाउँदो देखिएको छ ।

नेपाल प्रहरी जस्तो मर्यादित सँगठनमा कार्यरत धनुषाका केही प्रहरीहरु ड्युटी भन्दा पनि टिकटकमा व्यस्त देखिएका छन् । केही लाईक, कमेन्ट पाउन मात्र उनीहरुले टिकटकमा व्यस्त देखिएका छन् ।

यस्तै, कार्य स्थान नखुलेको सँजीव यादव नामक एक प्रहरी जवान र एक ट्राफिक समेत टिकटकमा मस्ती गरेको देखिएको छ । उनीहरुले प्रहरीको बर्दीमै टिकटक भिडियो बनाएर सार्वजनिक गर्दै आएका छन् ।

चुम्मा बाला फोटो राईख देबौ ईन्टरनेट पर भन्दै धनुषाका प्रहरीहरु टिकटकमा नाच्दै गरेको भिडियो सार्वजनिक गरेका छ्न । चुम्मा बाला फोटो राईख देवौ ईन्टरनेट पर अर्थात किस गरेको फोटो ईन्टरनेटमा राखिने धम्की दिँदै गरेको ब्लैकमेलको भाव गीतमा बुझिन्छ ।

टिकटकभन्दा पनि समाजमा विकृति फैलाउने खालको गीतमा टिकटक भिडियो बनाउँदा धनुषामा डिजे, अश्लिल गीत नियन्त्रणको लागि प्रहरीले स्वयँम गरेको निर्णयलाई प्रहरी जवानहरु आफैँ धज्जिया उडाएको देखिन्छन् ।

प्रतिक्रिया





Top