पाकिस्तानमा पेट्रोलियम पदार्थको २० दिनमा तीन पटक  मूल्द्धर

मधेशपाटी अनलाइन     २०७९ असार २, बिहीबार २२:३३ बजे मा प्रकासित


जनकपुरधाम । २० दिनमा तीन पटक पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् ।

२० दिनको अवधिमा झण्डै २९ प्रतिशत मूल्यवृद्धि भएको हो । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढाइएको उनको भनाइ छ ।

उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि मूल्य बढाउनुको विकल्प नरहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।

गत मे २६ मा १४४.१५ पैसा प्रतिलिटर पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत बृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए । त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैँयामा पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११।.३ पाकिस्तानी रूपैया पुगेको छ ।

प्रतिक्रिया





Top