ब्याजको पैसा लिएपनि पुन: रकम असुली, जग्गा समेत हडपने गरी अदालतमा मुद्दा

न्यूज डेस्क     २०७९ असार ४, शनिबार ०८:५२ बजे मा प्रकासित


 

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक मिटरब्याजीलाई सार्वजनिक स्थानमै हातपात गरिएको छ ।

गरिब जनताहरुसँग दिएको रकमभन्दा दोब्बर ब्याजको रकम असुल्ने एक मिटर ब्याजीलाई महिलाहरुले जनकपुरमा हातपात गरेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ बस्ने लट्टु यादवको छोरा वर्ष ४३ को सुरेश यादवले स्थानीय बासिन्दाहरु संग ठगी धन्धा गरेको स्थानीयहरु आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाकै अगाडी हातपात गरिएको छ ।

मिटर ब्याजी कहलाउने सुरेश यादवलाई उनीबाट पीडित भएका महिलाहरुले आजित भएर प्रहरी कार्यालयकै अगाडीमै धक्कामुक्की गर्दै हातपात समेत गरेको हो ।

मिटर ब्याजको आडमा यादवले गाउँकी गरिब, निमुखा व्यक्तिहरुसँग ब्याज वापतको पैसा लिएपनि पुनः कागज नदिएर फेरी रकम असुलीसहित जग्गा जमिन समेत हडपने गरी अदालतमा मुद्दा गरेको थियो ।

 

पैसा तिरेपनि यादवले अदालतमा उल्टै मुद्दा गरेर उनको जग्गा जमिन हत्थयाउने दाउ लगाएका थिए । शुक्रबार जनकपुरधाम छलफलको लागि पुगेका यादवलाई पीडित महिलाहरुले प्रहरी कार्यालयमै अगाडी हातपात गरेको हो ।

पैसा तिरेपनि किन मुद्दा हालेको र आफूहरुलाई किन ठगेको भन्दै प्रश्न गर्दा यादवले उल्टै धम्काउन थालेपछि महिलाहरु जम्मा भएर उनलाई चौतर्फी धुलाई गरेको हो ।

अहिले मिटरब्याजी यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । गृहमन्त्रालयले नै मिटरब्याजीहरुलाई कारवाहीको दायरामा ल्याउन आदेश गरेपछि पीडितहरु बाहिर आउन थालेका छन् ।

गरिब परिवारले मजबुरीमा रकम माग्दा उनले सहमति गरेको ब्याजदरभन्दा ५ गुणा अधिक ब्याज लिएर जग्गा जमिन समेत हडपेको आरोपपछि धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले पीडित पक्षबाट उभेर न्यायको लागि अग्रसर भएका थिए ।

धनुषाधाम नगरपालिकाको वडा नम्बर ५ मै दर्जनौ महिलाहरुलाई रकम दिएर अहिले दुई करोड रुपैयाँ भन्दै उनको जग्गा जमिन समेत खोस्न थालेको समाचार न्यूज ब्यूरोमा आएपछि मेयर मण्डलले चासो लिएका थिए ।

त्यसको लागि न्यूज ब्यूरोका पत्रकार विनय यादवले पीडितहरुको आवाज उठाएपछि स्थानीय सरकारको हैसियतले मेयर मण्डल चासो लिएका थिए ।

प्रतिक्रिया





Top