जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्ला र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीमा हरेक वर्ष अवलोकनको नाममा तस्बिर खिच्न र जाने गरेको इतिहास छ ।
धनुषा जिल्ला र सिरहा जिल्लाको कमला नदीको छेउमा रहेको गाउँ वस्तीमा दर्जनौ परिवार कमला नदीको बाढीले विस्थापित हुने अवस्था सृजना हुन्छ । तर, सरोकारबालाहरु भने हरेक बर्ष असार महिनामा बाढी आईसकेपछि नीरिक्षण र अवलोकनको नाममा सेल्फी मात्र खिच्न जाने गरेको पनि तथ्याँक छ ।
हरेक बर्ष धनुषामा सिडिओ हेरफेर हुन्छ र हेरफेर भएका सिडिओ प्रत्येक वर्ष मात्र असारमा सुरक्षा गार्डसहित ताममmामले सेल्फी खिच्न मात्र जाने गरेका छन् । अवलोकन वा नीरिक्षणको उपलब्धी भने अझै शून्य छ ।
बर्षायाम समाप्त भएसँगै कमला नदीको दुवै तर्फ गर्नुपर्ने कार्यहरु बर्षैभरि नगरी बर्षायम सुरु भईसकेपछि देखाउने उदेश्यले पनि कमला नदीको बाढी रोक्न सरोकारबालाहरुले नौटँकी गर्न पनि एक पटक पुग्ने गरेका छन् ।
बर्षायाम सुरु भएलगत्तै कमला नदीमा प्रत्येक वर्ष बाढी, भूक्षय, कटानको जोखिम अनिवार्य हुन्छ । तर, पनि जिल्लाको विपद व्यवस्थापन समितिले शून्य काम गरेको छ ।
गत वर्ष मात्र कमला नदीमा आएको भिषण बाढी र पानीको उच्च बहाबले धनुषा तर्फको सबैला नगरपालिका वडा नम्बर १३ स्थित नदीले छर्की (कमला बाँध) कटान गर्दा छेउको गाउँमा त्रास फैलिनुको साथै कैयौँ परिवार विस्थापित हुनु परेको थियो ।
बाँध भत्किएपछि गाउँमा पानी पस्ने त्रास मात्र नभई खेतीपाती समेत नष्ट हुने गरेको छ , तर प्रत्येक वर्ष निरिक्षणको नाममा तामझामसहित आउने सरोकारबालाहरुको लस्करले मात्र सेल्फी खिचेर फर्कने गरेका छन् । यो दृश्य यहाँ प्रत्येक वर्ष हेर्न पाईन्छ तर प्रगति भने शून्य छ ।
कमला नदी नियन्त्रण आयोजनाका डिई विष्णुदेव यादवले कमला नदीको बाढी नियन्त्रणको लागि शून्य काम गरेका छन् । कमला नदीबाट उठाइने अवैद्य निर्माण वस्तुहरुबाट कमिशन लिएरै आफ्नो जिम्मेवारी पूरा गरेको महसुस गर्दै आएका छन् ।
यता, कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले कमला नदिमा स्थायी र दीर्घकालिन उपाय बारे पटक पटक ध्यानकर्षणसहित योजनाहरु दिएपनि कमिशन नै नपाउने भयले न्यूनिकरणको लागि पहलकदमी नगरेको आरोप स्थानीयहरुको छ ।
सँयोजक यादवले कमला बचाउको लागि ल्याएको विभिन्न योजनाहरु लागू गर्न सके आसपासको क्षेत्रका आम नागरिक र खेतीपातिको लागि उत्तम विकल्पको रुपमा समेत हुने भएपनि ती योजनाहरु लागू गर्न सकेका छैनन् ।
कमला बचाउ अभियानबाट विभिन्न समयमा बाँधमा वृक्षारोपण, नदीजन्य वस्तु उत्खननमा निगरानी गरिएपनि स्थानीय प्रशासन र विपद व्यवस्थापन समितिले भने केही गर्न सकिरहेका छैनन् ।
कमला नदी किनारका स्थानीय तहका स्थानीय सरकारहरुले पनि यसअघि प्रत्येक वर्ष अनुगमन नीरिक्षणको नाममा मात्र सेल्फी खिचेर मात्र लगे ।
शुक्रबार गरिएको नीरिक्षणको क्रममा कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्री, नेपाल रेडक्रस सोसाईटी धनुषाका सभापति नरेश सिँह, सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादव, गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जीत नारायण यादव, जनकनन्दिनी गाउँपालिकाकी उपप्रमुख कमला सहगल लगायतको सरोकारबालाहरुको सहभागीता रहेको थियो ।








प्रतिक्रिया