जनकपुरधाम । महोत्तरी जिल्लाको भंगहा स्थित रहेको बिग्ही खोलामा अवैध उत्खनन गर्ने चारवटा ट्याक्टर प्रहरीले समातिएका छन । साे ट्याक्टर चाल फरार रहेको बताए ।
महोत्तरी भंगाहा नगरपालिका वडा नम्बर ९ स्थित बिग्ही खोलामा लुकीछिपी अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरीरहेको अवस्थामा सीतापुर भंगहाबाट गएको प्रहरी टोलीले तीनवटा ट्याक्टर बिहीबार समातेर लगेको हो ।
प्र.२-०२-००१ त ९५०, प्र.२-०३-००१ त ५७११, ज १ त ५१८९१ र ज २ त ९२८८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर आवश्यक कारवाहीको लागी भंगाहा नगरपालिकाको कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।








प्रतिक्रिया