धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि १३ किमि दुरिमा रहेको धनुषाको नगराईन नगरपालिकामा दर्ता र चलानी कितालबलाई लिएर विवाद भएको छ । दर्ता र चलानी किताबमा खाली ठाउँ छाडेपछि विवाद चर्किएको हो ।
दुई तिहाई एमालेको बहुमत रहेको धनुषाको नगराईन नगरपालिकामा दर्ता र चलानी किताबलाई लिएर विवाद चर्किएको छ ।
नेपाली काँग्रेसबाट नव निर्वाचित मेयर विनय कुमार यादवको भर्खरको नेतृत्वमाथि प्रश्न उठाउँदै एमालेले दर्ता चलानीलाई लिएर तातिएको हो । यसअघि पनि काँग्रेसकै मेयर थिए ।
एमालेका प्रतिनीधिहरुले दर्ता चलानी शाखामा राखिने अभिलेख किताबमा ठाउँ खाली छाडेर राखेपनि किन र के को लागि राखिएको भन्दै विवाद चुलिएको हो । सो क्रमममा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो झण्डै कुटिएका छन् ।
गैर कानुनी कागजपत्र मिलान र भ्रष्टाचार गर्ने नियतले दर्ता र चलानी किताबमा ठाउँहरु खाली छाडिएको भन्दै एमालेका प्रतिनीधिहरुले विवाद गरेको हो । उनीहरुले कार्यहरु विधिवत हुनुपर्ने माग गर्दै खाली ठाउँ रद्द गर्न माग गरेका थिए ।
कर्मचारीहरुले गोप्य रुपमा गर्ने योजनाहरुको कागज मिलान गर्नको लागि दर्ता र चलानी किताबमा खाली ठाउँ छाडेको आरोपसहित विवाद चुलिएको हो ।
यस सन्दर्भमा नगराईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसँग फाेनमा सम्पर्क गर्दा सम्पर्कमा आएनन् ।








प्रतिक्रिया